२०८२ माघ २१

सामाजिक सञ्जालबाट नहच्किन टेलिभिजनलाई अध्यक्ष ओलीकाे सुझाव
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १५, बुधबार १६:०८ गते

बुटवल, १५ चैत ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमहरूलाई युटुब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन्।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए ।अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यामहरू नै भएकाले युटुब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको बताए।

नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न सञ्चारमाध्यमलाई सुझाव दिँदै ओलीले विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिको प्रयोग बढाउन टेलिभिजनलाई आग्रह गरे। ओलीले ०४६ सालको परिवर्तनपछि नेपालका सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए।