२०८२ माघ २१

हृदय भुसालको नेतृत्वमा समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश समितिको पुर्नगठन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १८, शनिबार १६:५६ गते

बुटवल,१८ चैत ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुर्नगठन गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठ सहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा  २९ सदस्यी समिति पुर्नगठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा शंकर प्रसाद पाण्डेय, महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर, सचिवमा दीपक अनुुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने, सहसचिव पदम गैरैलाई सर्वसम्मत चयन गरिएकाे छ ।
त्यसैगरि सदस्यहरुमा लोकनाथ शर्मा, मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरु पदेन रहने व्यवस्था छ ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताए ।

नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव लुुम्बिनी प्रदेश सचिव राजु गुुरुङ, बरिष्ठ उपाध्यक्ष विश्वमणि सुुवेदी, उपमहासचिव रामकुमार एलन, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, संगठनका उपाध्यक्ष शान्तराम विडारी, राजेन्द्र कुँवर,सचिव गोविन्द चौलागाई, अर्का सचिव उत्तर विष्ट, नेकपा एकिकृत समाजवादी रुपन्देहीका जिल्ला उपाध्यक्ष श्रीराम यादव, पार्टी प्रचार विभाग प्रमुख एंव सचिव सरिता श्रीसको उपस्थिती थियो ।

बैठकले ०७९ वैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णयसमेत गरेको छ।