२०८२ कार्तिक २७

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २०, सोमबार १४:४४ गते

 

पेट्रोलियम पदार्थको मूल्य घट्यो
बुटवल २० चैत ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँको दरले मूल्य समायोजन गरेको छ ।

त्यसैगरी आन्तरिक विमानले प्रयोग गर्ने हवाइ इन्धनमा १० रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्यमा प्रतिकिलोलिटर ७० डलर घटाइएको निगमले जनाएको छ ।