२०८२ कार्तिक २७
बुटवल २७ चैत ।
बुटवलका समाजसेवी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिएका छन ।
आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा बस्ने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिएका हुन ।
पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन गाह्रो पर्ने हुँदा ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताए । उनले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताए ।
समाज सेवी शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गरेका थिए । सामाजिक सेवामा निरन्तर लाग्दै आएका शेरचनले कोरोनाको महामारीको समयमा राहत स्वरुप गरिव विपन्न परिवारहरुलाई खाद्यान्य वितरण समेत गरेका थिए।