२०८२ माघ २९
बुटवल । शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विविध क्षेत्रबाट सामाजिक कार्यमा अग्रसर हुने उदेश्यका स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजको एक कार्यक्रमका वीच बुटवलमा शुभारम्भ गरिएको छ ।
बुटवलका समाजसेवी तथा पुराना सुनचाँदी व्यवसायी ज्योतिलाल बिश्वकर्माले आफ्नी स्वर्गीय श्रीमती इन्द्रमति बिश्वकर्माको स्मृतिमा स्थापना गरिएको इन्द्रज्योति बिश्वकर्मा कल्याण समाजको शुभारम्भ संगै ३० लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरे । स्व. इन्द्रमतिको स्वर्गबास भएको एक वर्ष (वर्षि)को अवसरमा समाजको शुभारम्भ गरिएको हो ।
समाजको शुभारम्भ गर्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न ५ का अध्यक्ष तेज प्रसाद सुनारले सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याएकी बिश्वकर्माको स्मृतिमा स्थापना गरिएको यस इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले स्व. विश्वकर्मालाई कालान्तरसम्म जिवन्त राख्दै समाजसेवामा निरन्तर योगदान पु¥याउने कार्य अत्यन्तै सह्रानीय भएको बताए । कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल बिक, सुनचाँदी महिला व्यवसायी समुह अध्यक्ष कमला बिक, हरिओम बराल, रबि सेन्चुरी, पदम बिश्वकर्मा लगायतले बोल्दै स्व. इन्द्रमति बिश्वकर्माको स्मृतिमा स्थपित यस संस्थाले इन्द्रज्योति दम्पतिको सामाजिक सेवाको योगदानलाई जिवन्त तुल्याउदै उहाँहरुको गरिमालाई सधै उचो राख्ने गरी निरन्तर सामाजिक सेवामा क्रियाशिल हुनका लागि शुभकामना दिएका थिए ।
बिस २००८ साल श्रावण ८ गते कृष्णगण्डकी गाबिस वडा नम्बर ६ मा जन्मिएकी इन्द्रमति बिश्वकर्माको २०७७ मंसिर १५ गते निधन भएको थियो । निधन पश्चात उनको चाहनाअनुरुप श्रीमान ज्योतीलाल विश्वकर्माको संरक्षकत्व र छोरा दीपक बिश्वकर्माको अध्यक्षतामा उक्त समाजको स्थापना गरिएको थियो ।
।
संस्थाका संरक्षक ज्योतीलाल विश्वकर्माले जीवनकाल पश्चात पनि आफुहरुको सम्झनामा आफूहरुको नाम बाट निरन्तर समाजसेवा भइरहोस भन्ने चाहाना अनुरुप श्रीमती इन्द्रमतिको स्वर्गबासपश्चात सम्झनामा सामाजिक काम गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरेको बताए ।
संस्थाका अध्यक्ष दिपक विश्वकर्माले गाँउ समाजमा रहेको विभेदजन्य कुरीति कुसस्कार ,जातीय विभेद र छुवाछुत जन्य सामाजिक अपराधलाई अन्त्य गर्दै विभेदमुक्त समतामुलक समाजको निर्माण गर्न, गरिवीका कारणले शिक्षा बाट बञ्चित अज्ञानताका कारण समस्यामा रहेका वालवालिकाहरुलाई शिक्षामा सहयोग गर्न, शिक्षित र समतामूलक समाज निर्माणका साथै फरक क्षमता भएका दलित एवम विपन्न वर्गलाई आयआर्जनको कार्यक्रम सचालन गरि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न , समाजमा रहेको सामाजिक अगुवाहरुको सम्मान एवम प्रोत्साहन गर्न र दलित समुदायको शिपको आधुनिकिकरण गर्न लगायत विविध कार्य गर्ने उदेश्यका साथ यो इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजको स्थापना गरिएको बताए ।
समाजको संरक्षकमा ज्योतीलाल बिश्वकर्मा,अध्यक्षमा दिपक कुमार बिश्वकर्मा , सचिवमा लाल बहादुर बिश्वकर्मा , कोषाध्यक्षमा प्रदिप बिश्वकर्मा,सदस्यमा शान्ती बिश्वकर्मा, रितु बिश्वकर्मा, एलिसा सेन्चुरी,सौरम सेन्चुरी रहेका छन ।