२०८१ आश्विन ७

नवीनमा निर्माणाधीन भवनको सार्वजनिक परीक्षण
  • लुम्बिनी खोज
  • २०८० बैशाख २९, शुक्रबार १४:२३ गते

बुटवल,२९वैशाख ।
नवीन औद्योगिक कदर वहादुर रीता मा.वि देवीनगरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माणाधीन भवनको सार्वजनिक परीक्षण शुक्रबार सम्पन्न भएको छ।


बिद्यालय व्यस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा बिद्यालयका संरक्षक वुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको विशेष उपस्थिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति , शि .अ .संघ ,चौपारी टोल विकास समितीका अध्यक्ष जुनु अर्याल भण्डारी, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष बोधराज काफ्ले ,अभिभावक ,शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उक्त सार्वजनिक परीक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले निर्माण गर्ने भवन, आय, व्यय लगायत समग्र अवस्थाको सार्वजनिक गरेका थिए। ५१ लाख ८५ हजार लागत अनुमान गरिएकोमा बुटवल उपमहानगरपालिकाको ४५ लाख र उपभोक्ता समितिको ६ लाख ८५ हजार लगानी रहने छ ।