२०८२ माघ २९

व्यवसायमैत्री नीति बने लगानी बढ्छः वरिष्ठ उपाध्यक्ष ढकाल
  • लुम्बिनी खोज
  • २०७८ मंसिर २१, मंगलवार ००:४७ गते

बुटवल, २० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको नीति राम्रो बनाउन सक्ने हो भने लगानी बढ्ने बताएका छन । विकसित भएका मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको पनि उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्वोधन गर्दै उनले बुटवलको बमघाट–बसन्तपुर केवलकार निर्माण सम्पन्न भएपछि बुटवलसंगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरे । नीजि क्षेत्र लक्षित नीति बनाउंदा नीजि क्षत्रको सुझाव सल्लाह लिएर गर्ने हो भने त्यसमा नीजि क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने उनको भनाई छ ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा संघले खेलेको भूमिकाको चर्चा गरेका थिए । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउंदै उनले संघ प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री भईदिन आग्रह गरे । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीको लागि संघले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसकेपनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा बोल्दै बुटवलका मेयर शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बनाएको दावी गरे । निजी क्षत्रसंगको सहकार्यबिना बिकास सम्भव नभएको बताउंदै उनले बुटवलले निजी क्षत्रलाई अगाडि लगाएर बिकासका पाईला चालेको दावी गरे । नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सिमानाका कडाई गर्न महासंघ र व्यक्तिगत रुपमा आफूपनि लागि परेको बताउँदै बोडरलाई ईकोनोमिकल्ली शिल गर्न लागि परेको जानकारी गराएका थिए । त्यसले व्यबसायीलाई पनि राहत पु¥याउने र मुलुकको राजश्वमा पनि सकारात्मक योगदान पुग्ने बताए ।
त्यस्तै महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा भएका समस्या समाधानमा गम्भिर बन्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्य नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।