२०८१ मंसिर ७

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १३, शनिबार १७:२५ गते

काठमाडौ,१३ जेठ ।

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।