२०८२ असार ५

कोसीका सभामुखले दिए पदबाट राजीनामा
  • लुम्बिनी खोज
  • २०८० श्रावण १६, मंगलवार ११:५३ गते

बुटवल १६ साउन ।
कोसी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न काठमाडौंबाट विराटनगर आएलगत्तै गौतमले उपसभामुख सिर्जना दनुवारसमक्ष राजीनामापत्र बुझाएका हुन्।

सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेपछि कोसीमा नयाँ सरकार गठनका लागि दलहरुवीच तीव्र छलफल भइरहेको अवस्थामा उनले राजिनामा दिएका हुन । नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी गठबन्धनले आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा भित्रै दावी पेश भएको हो ।