२०८१ आश्विन ६

लुम्बिनीमा एम्बुलेन्स सेवा थप
  • लुम्बिनी खोज
  • २०८० श्रावण १६, मंगलवार १२:०९ गते

 

लुम्विनी १६ साउन ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एम्बुलेन्स सेवा थप गरिएको छ । नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र, वडा न.९ मा रहेको खुदावगर स्वास्थ्य चौकी, वडा न.११ मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच एम्वुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउने गरी नगरपालिकाले काम गरेको बताए । अब नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सञ्चालनमा आएको जानकारी उनले दिए ।

लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ थप एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरिने मेयर मुसलमानले बताए । समयमै उपचार नहुदाँ अकालमै कसैले पनि मृत्यवरण गर्न नपरोस भन्ने उदेश्य सहित कुनै पनि स्वास्थ्य समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न सबै माझ आग्रह गर्दैै २४ घण्टा एम्बुलेन्स सेवा दिन नगर तयार भएको उनले बताए ।
कार्यक्रममा वडा न.३ का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान, स्वास्थ्य चौकी प्रमुख सुमन थापा, वडा न.९का वडाअध्यक्ष कमल अख्तर फकिर, स्वास्थ्य चौकी प्रमुख प्रमोद ज्ञवाली, वडा न.११ का वडा सदस्य शिव प्रसाद यादव, स्वास्थ्य चौकी प्रमुख बुद्धनाथ बरई लगायतको उपस्थिति रहेको थियो । थप एम्बुलेन्स संञ्चालन भएसंगै स्थानीयले खुशी ब्यक्त गरेका छन् ।