२०८२ माघ २८

१२ लाखका अबैध ब्रोइलर कुखुरा बरामद
  • लुम्बिनी खोज
  • २०७८ पुष ३०, शुक्रबार १६:१४ गते

बुटवल ,३० पुस ।
रुपन्देहीमा प्रहरीले अबैध कुखुराको मासु बिरुद्धको कारवाहीका क्रममा १२ लाखका अबैध ब्रोइलर कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलका अनुसार १२ लाख २३ हजार रुपैया बराबरको अबैध ब्रोइलर कुखुरा बरामद गरी कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय बेलहिया बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गए राती सिद्धार्थनगर नगरपालिका वडा नं. ११ डाडाँगाउबाट कुखुरा बरामद गरेको हो । नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ६ का रविन्द्र नेपालले चलाएको लु ३ च ४५२८ नं.को पिकअप जिपसहित कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको ब्रोइलर कुखुरा ३ सय ६५ पिस पिकअप गाडी सहित अंन्दाजी मुल्य १२ लाख२३ हजार बराबरको स्थानियको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन बेलहिया रुपन्देही पठाइएको छ