२०८२ माघ २८

लुम्बिनीका ट्रक व्यवसायीहरुले जोर विजोर प्रणालीमा ढुवानी कार्ड मार्फत मालसमान ढुवानी गर्ने
  • लुम्बिनी खोज
  • २०७८ माघ ९, आईतवार १०:१० गते

बुटवल । लुम्बिनी प्रदेश भित्रका ट्रक यातायात व्यवसायीहरुले पार्किङ स्थलमा गाडी राखी जोर विजोर प्रणालीमा ढुवानी कार्ड मार्फत लोडिङगर्ने निर्णय गरेका छन ।
दूर्घटना न्यूनिकरण, कोभिडको महामारीवाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि ट्रक यातायात व्यवसायीहरुले पार्किङ स्थलमा गाडी राख्ने अनि जोर विजोर प्रणालीमा ढुवानी कार्ड मार्फत लोडिङगर्ने निर्णय गरेका हुन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघ संस्थाले आ आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानवाट गाडी संचालन गराउने निर्णय गरेको छ । महासंघले गरेको निर्णयलाई वेवास्था गरी कार्यान्वयन नर्गर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दूर्घटना सुविधावाट बन्चित गर्ने समेत भेलाले निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यम प्रसाद पाण्डेले बताए ।
त्यस्तै भेलाले ईन्धनमा भएको मुल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयां भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरिएको छ ।
माघ १५ गतेसम्म प्रचार प्रसार गरी सवै गाडी धनी र चालकहरुलाई जानकारी गराउने र माघ २१ गते देखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोर्डिङ गर्ने व्यवस्था मिलाउने निर्णय लुम्बिनी प्रदेशले गरेको छ । अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि यहाको निर्णय लागु गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आह्वानमा भएको भेलामा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, पश्चिमाञ्च यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति,, राप्ती सम्युक्त ट्रक यातायात व्यवसायी समिति र भेरी यातायात व्यवसायी समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्धय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले बताए ।
भेलाले गरेका निर्णयहरुलाई कार्यान्वय गरे नगरेको वारे अनुगमन गर्न प्रदेश अध्यक्ष यम प्रसाद पाण्डको संयोजक र वाणगंगा समितिका महासचिव लक्ष्मण भुसालको सहसंयोजकमा प्रदेशका सवै यातायात व्यवसायी संस्थाको प्रतिनिधीत्व हुने गरी १३ सदस्यीय अनुगमन समिति गठन गरेको छ । अनुगमन समितीले निर्णय कार्यान्वय गराउने सवालमा प्रभावकारी रुपमा काम गर्ने बताइएको छ ।