२०८२ माघ २८

लुम्बिनी प्रदेश सरकारका ७ निर्णय
  • लुम्बिनी खोज
  • २०७८ माघ २५, मंगलवार ०८:४१ गते

बुटवल,२५ माघ ।लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माका अनुसार मन्त्रीपरिषदले निम्न ७ वटा निर्णय गरेको छ ।
१    मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तामा प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरुको २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
२    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरुको २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको छ ।
३    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य ९कमल बहादुर श्रीस थापा० नियुक्त गर्ने निर्णय गरेको छ ।
४    कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार संग्रहालय विकास समिति ९गठन० आदेश, २०७८ स्वीकृति गर्ने निर्णय गरेको छ ।
५    कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृती गर्ने निर्णय गरेको छ

६     कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्थापन मन्त्रालय प्रस्तावमा स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन ९पहिलो संशोधन० कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

७   शिक्षा विज्ञान, युवा तथा खेलकु मन्त्रालयको प्रस्तामा प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।