२०८१ कार्तिक ६

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी
  • लुम्बिनी खोज
  • २०८० पुष २७, शुक्रबार १२:२४ गते

बुटवल २७ पुस ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्। अध्यक्षमा रेशमको मात्र उम्मेदवारी परेको हो । रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।
अध्यक्षसहित अधिकांश पदाधिकारीमा निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध भएका छन्।
महासचिवमा भने दुईजनाको दाबी कायम रहेको छ।
टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका रेशम बाँकी कैद मिनाहा भएर गत जेठमा कैदमुक्त भएका थिए। संविधान जारी हुनुअघि थरुहट आन्दोलनका क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालक मारिएका घटनामा उनी दोषी ठहर भएका थिए।