२०८१ श्रावण १२

आजदेखि भरतपुर भ्रमण वर्ष
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार १०:०९ गते

चितवन १८ फागुन ।
‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्षको उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर भ्रमण वर्षको उद्घाटन गरेका हुन्।
भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित आज भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदीकिनारमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित चार पूर्वप्रधानमन्त्री सहभागी भएका छन्।
पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी कार्यक्रममा सहभागि भएका छन्।
भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। उद्घाटनअघि भरतपुरको चौबिसकोठीबाट नारायणी नदीकिनारसम्म र्‍याली निकालिएका थियो।