२०८१ श्रावण १२

नेदरल्यान्ड्सले जित्यो उपाधि
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २२, मंगलवार १२:०१ गते

काठमाण्डौं २२ वलागुन ।
त्रिदेशीय टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधी नेदरल्यान्डले जितेको हो ।
नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्स १९.३ ओभरमा ६ विकेट गुमाउँदा विजयी भएको हो ।
तालिकामा नेदरल्यान्ड्स शीर्ष स्थान र नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया भने पुछारमा रहँदै बाहिरिएको थियो ।