२०८१ फाल्गुन ६
बुटवल,२ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न जोकोहीलाई कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।
जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले आयोगको अध्ययनबाट दोषी देखिएका र कारबाहीको सिफारिस भएकाहरूलाई कारबाहीअघि बढाउन निर्देशन दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयको भनाइ छ ।