२०८१ आश्विन ५

व्यापार संघमा हार्डवेयर वस्तुगत उपसमिति गठन
  • लुम्बिनी खोज
  • २०८० चैत्र ८, बिहीबार १३:०४ गते

बुटवल, ८ चैत्र ।
रुपन्देही व्यापार संघको निर्वाचित नयाँ कार्यसमितिले संघमा आवद्ध विभिन्न प्रकृतिका व्यवसायीहरुको भेला तथा वस्तुगत समिति विस्तार एवं पुनरगठन गर्ने कामलाई तिब्रता दिएको छ । संघमा आवद्ध व्यवसायीहरुका समस्याको पहिचान र संगठन सुदृढिकरण गर्ने बार्षिक कार्ययोजना अनुसार वस्तुगत समिति गठन गरिएको संघले जनाएको छ । यसैक्रममा विहिवार संघमा आवद्ध हार्डवेयर व्यवसायीहरुको भेला सम्पन्न भएको छ । भेलाले पारसमणि पोखरेलको संयोजकत्वमा हार्डवेयर वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले पोखरेलको संयोजकत्वमा ९ सदस्यीय हार्डवेयर उपसमिति गठन गरेको कार्यालय प्रमुख सरोज पोखरेलले बताए । उपसमितिको सह–संयोजक भुपेन्द्र पन्थ, सचिवमा सरद अधिकारी, कोषाध्यक्षमा शंकर न्यौपाने, सदस्यहरुमा विकास पन्थ, प्रद्युमन शाह, विजय पन्थ, शिव गैरे, लक्ष्मण घिमिरे र सल्लाहकारहरुमा विष्णु पाण्डे, विष्णुप्रसाद पन्त, शेषकान्त पाण्डे, सुरेन्द्र कर्ण रहेका छन् ।
भेलामा बोल्दै संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले व्यवसायीहरुको एकताले मात्र व्यवसायीक समस्या समाधान गर्न सकिने बताउदै संघका लागि वस्तुगत समितिहरु आधारस्तम्भ भएको जिकिर गरे । उनले पछिल्लो समयमा मुलुकमा देखिएको आर्थिक मन्दीले व्यवयासीहरुलाई निकै अप्ठ्यारो अवस्थामा पु¥याएको उल्लेख गर्दै राज्यले व्यवसायीका समस्या समाधान गर्न ठोस पहल नगरे व्यवसायीक पलायन बढेर जाने बताए । अधिकारीले रुपन्देही व्यापार संघले आफुलाई पृथक पहिचान बनाउदै पछिल्लो समयमा यस क्षेत्रका आम व्यापारी ब्याबसायीको आसा र भरोसाको केन्द्र बनेको दावी गरे । भेलामा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल, सचिव मनहिर बस्याल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य अशोक ज्ञवाली, शम्भुलाल श्रेष्ठ, माधवप्रसाद ज्ञवालीलगायतले व्यवसायीहरुलाई आफ्ना समस्याहरु उपसमितिमार्फत संघमा ल्याउन आग्रह गर्दै बस्तुगत उपसिमितिहरुलाई व्यवसायीक हकहितसहित समाजिक क्रियाकलापहरु आयोजना गरि संघलाई समाजमा थप परिचित बनाउने सुझाव दिएका थिए । कार्यक्रममा संघका कार्यसमिति सदस्य गोविन्दप्रसाद चापागाईको अध्यक्षता, हार्डवेयर वस्तुगत उपसमितिका संयोजक विष्णुप्रसाद पाण्डेको स्वागत तथा सचिव पारसमणि पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।