२०८१ आश्विन ८

खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीको साधारण सभा
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १३, शुक्रबार १७:१३ गते

बुटवल, १३ फागुन । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीले  १५ औँ साधारण सभा तथा आठौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उदघाटन एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री खड्काले मुलुकको ब्यापार घाटा कम गर्न स्बदेसीबस्तुको उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन । उनले स्बदेशी उत्पादन बढे्मात्र ब्यापार घाटा कम गर्न सकिनेमा जोड दिए । सरकार उद्योगी , ब्याबसायीका समस्या समाधान गर्न प्रदेशमा नयां योजनाका साथ काम गरिरहेको समेत बताएका छन । सरकार सबै क्षेत्रसंग सहकार्य गरेरै अघि बढ्न तैयार रहेको बताउदै ब्यबसायीहरु पनि थप परिस्कृत भएर ब्यबसाय संचालन गर्नुपर्ने उनको तर्क थियो ।

संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिदै गुणस्तरिय बस्तु बिक्रि बितरण गर्न आग्रह गरका थिए । कार्यक्रममा नेपाली कांग्रेस नगरसभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु, नापतौल गुणस्तर कार्यालय बूटवलका प्रमुख शम्भू कुमार झा ,ब्यापार संघका श्रीकृष्ण पोखरेल,मानव अधिकार तथा शान्ति समाजका सभापति डिपि खनाल, खुद्रा किराना व्यवसायी संघका सल्लाहकार कृष्ण पाण्डे,पूर्व अध्यक्ष गंगाधर,न्यौपाने,सचिब थानेश्वर अर्याल,महासचिब गोपाल प्रधान लगायतले बोलेका थिए ।

यसै बिच कार्यक्रममा पत्रकार कपिल ज्ञवालीलाई नगद ५ हजार राशी सहितको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ज्ञवालीलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, सचिव थानेश्वर अर्यालले दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन ।
पत्रकार ज्ञवालीले आर्थिक, सामाजिक गतिविधीलाई पत्रकारिताका माध्यमबाट योगदान पुराएकाले सम्मान गरेको संघले जनाएको छ ।
त्यस्तै पत्रकार तथा सल्लाहकार तेजेन्द्र केसीलाइ पनि सम्मान गरिएको थियो । साथै उच्च अंकका साथ एसइइ उर्तिण बिद्यार्थीलाइ पनि सम्मान गरिएको थियो ।