२०८१ मंसिर ३
बुटवल ।
गुल्मीको धुर्कोट २ पिपलधारमा पहिलो पटक ल्याव सेवा शुरु भएको छ । पहिलादेखि नै स्वास्थ्यचौकी भएपनि ल्याव सेवा नहुदां सामान्य रोगको पहिचानका लागि पिपलधाराका नागरिकहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नु पर्दथ्यो । अव ल्याव शुरुभएसंगै रोग पहिचानको लागि अन्यत्र जान नपर्ने स्वाथ्य चौकीले जानकारी दिएको छ । सो ल्यावको एक समारोहकाविच धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । आफै रगत परिक्षण गरेर उनले ल्यावको शुभारम्भ गरेका हुन् । स्थानिय सरकारको समेत आर्थिक सहयोगमा ल्याव शुरु भएपछि पिपलधारा वासीका लागि ठुलो उपलब्धी भएको पिपलधाराका वडा अध्यक्ष नविन जिसीले बताए । आफु निर्वाचित भएदेखि नै ल्यावका लागि पहल गरेपनि अहिले वल्ल काम सम्पन्न भएको भन्दै उनले यसको लाभ लिन वडावासीलाइ आग्रह गरे । पालिका अध्यक्ष पोख्रेल र उपाध्यक्ष शिव वहादुर केसीले ल्यावसंगै पिपलधारा स्वाथ्यचौकीलाई जनशक्ति र अन्य पुर्वाधारले सुविधा सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन् । स्वाथ्यचौकीमा २४ सै घण्टा वर्थिङ सुविधा, विशेषज्ञ चिकित्सक, निशुल्क औषधी लगायतको व्यवस्थापका लागि पहल गर्न स्थानियले माग गरेका छन् । नजिकको सरकार स्थानीय सरकार भएकोले स्थानीयको माग लाई सम्बोधनका लागि पहल गरिने जनप्रतिनिधिहरुको भनाई छ ।
।