२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको बैठक आव्हान
  • लुम्बिनी खोज
  • २०८० चैत्र २१, बुधबार १०:४६ गते

बुटवल,२१ चैत ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चैत्र २२ गते प्रदेश सभाको बैठक बोलाएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले चैत्र २२ गते अपरान्ह ४ बजे बैठक बोलाएका हुन् । यस बैठकमा मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।