२०८१ श्रावण १२

लुम्बिनीमा प्रजातन्त्रवादी चिकित्सक सघं घोषणा सहित पदस्थापना
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १४, शनिबार १७:०७ गते

बुटवल,१४ फागुन ।
नेपाली काँग्रेसमा आस्थावान चिकित्सकहरुको छाता संस्था प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा सहित कार्यसमितिको पदस्थापन गरिएको छ ।
शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरि प्रदेश कार्यसमीती घोषणा गर्दै पदस्थापन गरिएको हो । गत मंसिर २२ मा काठमाण्डौमा सम्पन्न अधिवेशनबाट डा। कृष्ण खरेल लुम्बिनी प्रदेशको संयोजकमा सर्वसम्मत निर्वाचित भएका थिए। संयोजक डा। खरेलले कार्यसमिति विस्तार गरि घोषणा तथा पदस्थापन गरिएको हो । जसअनुसार सहसंयोजक डा। संकेत रिजाल, महासचिवमा डा। सन्दिप सुवेदी, सचिवमा डा। सुदर्शन थापा र डा। किशोर खत्री, कोषाध्यक्षमा डा। शरिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा डा। दिनेश गौतम रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा डा। राजेन्द्र बस्याल, डा। उदयकुमार सिंह, डा। मोहनलाल तिवारी, डा। रिकेश सापकोटा, डा। अरुण पोखरेल, डा। दिपेन्द्रसिंह क्षेत्री, डा। उदिप महर्जन, डा प्रकृति लामिछाने, डा। दीपक यादव, डा झपेन्द्र ढकाल र डा कपिल गौतम रहेका छन। कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष अनिलबिक्रम कार्कीले संघले बिचारको प्रतिनीधित्व गर्ने भएकोले बिचारको नेतृत्व गर्ने दललाई जिताउने, काँग्रेसले लिएको नीतिमा चिकित्सकहरुको उपस्थिति कति छ र बढाउन के गर्न सकिन्छ, चिकित्सकको हकहित संरक्षण लगायतका कुरामा संघले काम गर्ने बताए।  प्रदेश संयोजक खरेलले संघले लिएको नीति अनुसार प्रदेश समितिले काम गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, संघका संस्थापक महासचिव मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा। शिवजी रिजाल, चिकित्सक संघका केन्द्रीय महासचिव डा। बद्री रिजाल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट डा। ईन्द्र ढकाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर समिति सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम महेश शर्मा पौडेलको सञ्चालनमा भएको थियो ।