२०८१ श्रावण १२

तिलोत्तमा प्रेस क्लबको दोस्रो अधिवेशनको तयारी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १५, आईतवार १६:१३ गते

बुटबल,१५ फागुन ।
तिलोत्तमा प्रेस क्लबको दोस्रो अधिवेशन आगामी चैत १२ गते हुने निर्णय भएको छ । क्लबको आइतबार बसेको कार्यसमितिको वैठकले यसअघि फागुन २८ गते गर्ने निर्णय भएको अधिवेशन विशेष कारणवश स्थगित गरेर चैत १२ गते गर्ने निर्णय गरेको हो । अधिवेशनमा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि वैठकले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली संयोजक तथा मोहन चापागाई र पत्रकार रेखा भुसाल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको छ । चापागाई पुरस्कार स्थापनाकर्ता एवं क्लबका सल्लाहकार हुन् । यस्तै वैठकले अविेशन सम्पन्न गर्न दिनेश पाण्डे संयोजक तथा घनश्याम गौतम र मिनाक्षी न्यौपाने सदस्य रहेको निर्वाचन समिति गठन गरेको क्लबका सचिव टी.आर. शर्माले जानकारी दिए । वैठकमा अधिवेशन तयारीका सम्बन्धमा क्लबका अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्ष बीपी गौतम, सहसचिव डीआर बन्जाडे, कोषाध्यक्ष कल्पना तिवारी, सदस्य बिन्दु भट्टराईले विभिन्न धारणा राखेका थिए ।