२०८१ श्रावण १२

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८० चैत्र ३०, शुक्रबार ०६:३९ गते

 

बुटवल ३० चैत ।
यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता जोखबहादुर महराले आज शुक्रवार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको दिउसो बस्ने बैठकबाट विश्वासको मत लिने तयारीमा महरा रहेका छन् । प्रदेश सभाको बैठक दिउसो एक बजे बस्ने बताइएको छ ।
गत शुक्रवार चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएपछि गत आइतवार चैत २५ गते सपथ सगै तीन दलका तीन जनालाई विना विभागिय मन्त्री नियुक्त गरेका महराले विश्वासको मत पछि मात्रै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारीमा छन् । यहा महराले एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्रकुमार पुन मगर र जसपाका भण्डारीलाल अहिरलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार बैशाख २ गते संसदीय समितिका सभापतिहरुको टुंगो लगाउने र बैशाख ३ गते मन्त्रीपरिषदलाई पूर्णता दिने गरी तयारी भएको छ । प्रदेश सभाका संसदीय समितिहरु नया निर्वाचनपछि एक वर्ष भन्दा पनि बढी समयदेखि नेतृत्व विहिन अवस्थामा छन् । यहा ६ वटा समिति रहेका छन् । नया गठबन्धनले ६ वटा मध्ये २ वटा समितिको नेतृत्व काग्रेसलाई दिने गरी तयारी गरेको छ । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लेखा र कृषि समिति कांग्रेसलाई दिने तयारी भएको बताए । अन्य समितिको सभापतिहरुका बारेमा गठबन्धनको छलफलबाट टुंगो लगाइने छ ।
लुम्विनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य (सांसद)हरुले २०७९ पुस १७ गते सपथ लिएका थिए । यहा दोश्रो प्रदेश सभाको पहिलो अधिबेशन २०७९ पुस १८ मा शुरु भएको थियो । यहा माघ ३ मा सभामुख तथा उपसभामुख चयन भएका थिए । लुम्विनीमा पहिलो अधिबेशनको समयमा समिति बन्न नसकेको अवस्थामा दोश्रो अधिबेशनमा समिति गठन भए । तर तीनले अझै नेतृत्व पाएका छैनन् ।
यहा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समिति रहने प्रावधान रहेको छ । लुम्विनी प्रदेश सभामा ८७ जना सदस्य (सांसद) रहेकोमा एक जना निलम्वनमा परेका छन् । यहा १० वटा दलले प्रदेश सभामा प्रतिनिधित्व गर्छन ।

माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले मन्त्रालय तथा मन्त्रीहरुका बारेमा दलहरु तथा दल भित्र छलफल पछि टुंगो लाग्ने बताए । सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुन मगरले गठबन्धनमा सामेल दलहरु तथा सांसद मध्ये कसले कति र कुन मन्त्रालय लिने भन्ने विषय छलफलमै रहेको बताए । माओवादी केन्द्रले मुख्यमन्त्री बाहेक २, एमालेले ५, जसपाले २, स्वतन्त्रले १ मन्त्रालय लिने भन्नेमा छलफल भएको बताए । त्यस्तै नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका बारेमा पनि छलफल जारी रहेको उनले बताए । नाउपालाई एक मन्त्रालय दिने भन्नेमा छलफल भएको तर उसले २ मन्त्रालय माग गरेको उनले बताए । त्यस्तै एकीकृत समाजवादीलाई मन्त्रालय दिने भन्ने विषय छलफलमै रहेको उनले बताए । मन्त्रालयको संख्या नबढ्ने गरी मन्त्रीपरिषदलाई पूर्णता दिने गृहकार्य भइरहेको पुनको भनाइ छ ।
केन्द्रीय सत्ता समीकरण फेरबदल भएपछि अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते राजीनामा दिएका थिए . चौधरीको राजिनामापछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
यहां एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा सहमति भएको थियो ।