२०८१ आश्विन ८

पत्रकार महासंघद्धारा विभिन्न पुरस्कार मूूल्यांकन समिति गठन
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १५, आईतवार १६:३९ गते

बुुटवल, १५ फागुन ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरिएका पुरस्कार वितरणका लागि मूूल्यांकन समिति गठन गरेको छ । महासंघ रुपन्देहीको आईतबार बसेको नियमित बैठकले वितरण गर्न बाँकी रहेका विभिन्न पुरस्कार मूूल्यांकन समिति गठन गर्ने निर्णय गरेको हो ।
महासंघका सल्लाहाकार एंव पूूर्वअध्यक्ष विनोद पहाडीको संयोजकत्वमा उत्कृष्ट पत्रकारिता पुरस्कार मूूल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । सल्लाहकार खिमानन्द भट्टराई र पत्रकार भगवती पाण्डे सदस्य छन । उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरसँगको सहकार्यमा स्थापना गरिएको हो । यो पुरस्कार २०७५ सालदेखि रोकिएको छ ।
त्यस्तै महासंघ रुपन्देहीका पूूर्व अध्यक्ष डि.आर घिमिरेको संयोजकत्वमा सहकारी पत्रकारिता पुरस्कार मूूल्यांकन समिति गठन गरिएको छ । समितिको सदस्यमा महासंघ रुपन्देहीका सहसचिव विरेन्द्र कुँवर, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि सदस्य रहने छन् ।
त्यस्तै गरि बैठकले उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ का लागि सल्लाहकार माधव ढुुंगानाको संयोजकत्वमा तीन सदस्यीय मूूल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यमा पत्रकार टि.आर. शर्मा र डिभिजन वन कार्यालय रुपन्देहीका प्रतिनिधि सदस्य रहनेछन् । यो पुरस्कार भैरहवाका बरिष्ठ पत्रकार नारायण सापकोटाद्धारा स्थापित पुरस्कार हो ।
त्यसैगरि महासंघका पूूर्व कोषाध्यक्ष यमलाल भुसालको संयोजकत्वमा शैक्षिक पत्रकारिता पुरस्कार मूूल्यांकन समिति गठन गरिएको छ । समितिको सह–सचिव माया केसी र पुरस्कारका स्थापना गर्ने विद्यालयका एक जना प्रतिनिधि सदस्य रहने गरि मूूल्यांकन समिति गठन गरिएको सचिव विनोद परियारले जानकारी दिए ।
त्यस्तै महासंघको बैठकले स्मारिका प्रकाशन, डाइरेक्ट्री र २०७९ सालको क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । बैठक महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको थियो ।