२०८१ श्रावण १२

व्यापार संघद्धारा राष्ट्रिय नेटवर्क विस्तारमा जोड
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १६, सोमबार १६:२२ गते
बुटवल ।
रुपन्देही व्यापार संघले राष्ट्रिय नेटवर्क विस्तारमा जोड दिएको छ । संघको लुम्विनीमा सम्पन्न २ दिने रणनीतिक कार्ययोजना कार्याशाला गोष्ठिले सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै राष्ट्रिय, प्रदेश र जिल्लागत रुपमा आफ्नो नेटवर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न गोष्ठिले व्यवसाय विस्तार तथा पेशागत सुरक्षासंगै व्यवसाय प्रवद्र्धनका लागि संघले दरिलो पैरवीसहित सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गोष्ठिको समापनमा १० बुदे लुम्बिनी घोषणापत्र जारी गर्दै आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हु“दा सो वर्गलाई संगठित गरी उनीहरुको व्यवसायिक सीप विकास र व्यवसायिक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउन सबैलाई अपिल गरेको छ । संघले सबै तहका सरकारलाई मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने दिशामा काम गर्न आग्रह गर्दै सो अभियानमा संघले सहकार्य गर्ने जनाएको छ । संघलाई व्यवसायीको हकहित, सुरक्षाका अतिरिक्त सामाजिक काममा पनि थप अग्रसर बनाउने तर्फ लाग्न आग्रह गर्दै लुम्बिनी प्रदेश पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र रहेको हु“दा त्यसको पहिचान गर्दै योजनाबद्ध कार्यक्रम बनाएर अगाडि बढाउन आग्रह गरिएको छ । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकास र प्रचारमा जोडदिन आग्रह गर्दै लुम्बिनीको विकासमा व्यापार संघ पनि सहकार्य गर्न प्रतिवद्ध रहेको प्रस्ताव पारित गरेको छ । संघले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका लागि नया ढंगले योजनाबद्ध रुपमा जानु पर्ने ठहर गर्दै त्यसका लागि संगठनात्मक प्रणालीमा परिर्वतन र ठोस कार्ययोजना बनाउनु पर्ने कुरामा जोड दिएको छ ।
गोष्ठिमा सहभागी संघका पदाधिकारी, सदस्य तथा पूर्वअध्यक्षहरुलाई ४ समुहमा विभाजन गरि बार्षिक कार्यक्रम, आर्थिक योजना, सांगठनीक ढाचा तथा सदस्यता वृद्धि एवं सचिवालय व्यवस्थापनका विषयमा बुदागत छलफल गरि ठोस नीति तय गरिएको संघका महासचिव दयानिधि भण्डारीले बताए । कार्यक्रममा संघले गत २ बर्ष अगाडी घले गाउमा गरिएको कार्यशालाले तय गरेका कार्यक्रमहरुको समिक्षा गर्दै त्यसका कमीकजोरी एवं सकारात्मक पक्षहरुका बारेमा अन्तरक्रिया गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जनाकारी दिए । गोष्ठिमा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीको हित र हकका लागि काम गर्न आग्रह गरे । पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले संस्थाको उद्देश्य, लक्ष्य र सञ्चालन विधिमा कहिले काहि केही अलमल तथा असमझदारी देखिने गरेको भएपनि स्थापनाका समयमा लिएको लक्ष्यबाट विचलित हुन नहुने बताए । अर्का पूर्व अध्यक्ष मोतीलाल पाण्डेले संस्थाको लक्ष्य र उद्देश्य विपरित कुनै पनि कार्यक्रम संघले गर्न नसक्ने र नपाउने बताउदै व्यवसायीक हकहितका लागि आफुलाई केन्द्रीत गर्न सुझाव दिए । पुर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले संघको इतिहास र उद्देश्यलाई नेतृत्व पंक्तिले सधै मार्ग निर्देशका रुपमा ग्रहण गर्दै संस्थागत विकासमा लाग्नु पर्ने धारणा व्यक्त गरे ।
संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले संघको गतिविधि र कार्यक्रमलाई समय अनुकुल परिर्वतन गर्दै रणनीतिक कार्ययोजना बनाउन आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे,वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारीलगायतले संघका गतिविधिबारे धारणा राखेका थिए । कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए ।