२०८१ श्रावण १२

नेप्से ९.५४अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २, बुधबार ११:५४ गते

बुटवल २ जेठ ।
आज सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से बुधबार ९.५४ अंकले घटेर २ हजार १७.९७ अंकमा ओर्लेको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटेको छ । गत बिहीबार यता निरन्तर बढेको नेप्से बुधबार घटेको हो ।
बुधबार कारोबारमा आएकामध्ये ६५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १७२ वटाको घट्यो र बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्से परिसूचक घटेसँगै बुधबार कारोबार रकम पनि अघिल्लो दिनको भन्दा घटेको छ । बुधबार ५५ हजार ८ सय ६२ पटकको कारोबारबाट ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा करिब ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।