२०८१ श्रावण १२

सुन तोलाको एक लाख ४० हजार
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३, बिहीबार ०७:१३ गते

बुटवल ३ जेठ ।
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो सुनको मुल्यमा नयाँ रेकर्ड हो । प्रतितोला एक लाख ४० हजार रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।
यसअघि गत ७ वैशाखमा सुनको मूल्यले प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सामान्य दरमा घटेको सुनको मूल्य अहिले पुनः नयाँ उचाइमा पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँ थियो । बिहीबार त्यो एक हजार ६ सय रुपैयाँ बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको हो ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ । यसैगरी चाँदीको मूल्य पनि एकै दिन ६० रुपैयाँले बढेर प्रतितोला इक हजार आठ सय पाँच रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४५ रुपैयाँ थियो ।