२०८१ श्रावण १२

कांग्रेससँग जुटेन सहमति, संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३, बिहीबार ०७:३८ गते

काठमाडौ,३ जेठ ।

प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजेसम्मका लागि स्थगित भएको हो।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सभामुख देवराज घिमिरेलाई टेलिफोनमार्फत बैठक केहीबेर ढिला गर्न आग्रह गरेका थिए।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेतासँग वार्तामार्फत सहमतिको प्रयास गरिरहेका छन्।

प्रधानमन्त्रीले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने गरी वातावरण सिर्जना भइरहेकाे सभामुखलाई जानकारी गराएका थिए।

सभामुखले पनि आजै कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।