२०८१ श्रावण १२

सेनेटरी प्याड तयारी र प्रयोगबारे जनचेतना मुलक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ७, सोमबार १२:२२ गते

बुटवल ७ जेठ ।
सहयोगी टोल विकास सस्था बुटवल ११ ले सेनेटरी प्याड तयारी र प्रयोग बारे जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका उपाध्यक्ष कौशिला खनालको अध्यक्षता र सचिव सुधा न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । सचिव न्यौपानेले कविता वाचन गरी सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, कार्यपालिका सदस्य हेमा थामी, प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनाल, पश्चिम कालिका नगर खानेपानी सस्थाका अध्यक्ष पारसमणि भण्डारी, पत्रकार खिमानन्द भट्टराई, सस्थाका सल्लाहकारहरु कृष्णप्रसाद न्यौपाने, थानेश्वर पौडेललगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक कल्पना ढकालले विभिन्न विषयमा जानाकारी गराएकी थिइन ।सस्थाका  सल्लाहकार कृष्णप्रसाद न्यौपानेले कार्यक्रमको औचित्य र आवश्यकताका बारेमा धारणा राखेका थिए । उनले  महिलाहरुको चेतना विस्तार गर्दै सीपमुलक कार्यक्रम मार्फत अगाडी बढाउन कार्यक्रम गरिएको बताए ।  न्यौपानेले टोल विकास सस्थाले यस किसिमका कार्यक्रमहरु आगामी दिनमा निरन्तरता दिने पनि बताए ।  कार्यक्रममा सहभागिहरुले कार्यक्रम फलदायी भएको बताए ।