२०८१ श्रावण १२

बुटवल हस्पिटल प्रालि सुविधा सम्पन्न आफनै भवनमा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १०, बिहीबार १५:३४ गते

बुटवल । बुटवल हस्पिटल प्रालिले नयां भवनबाट सेवा शुभारम्भ गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो ।
विगत २४ वर्षदेखि बुटवलको अस्पताल लाईनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको बुटवल हस्पिटल प्रालिले अत्याधुनिक उपकरणहरु समेत थप गरेको छ । स्वाथ्य क्षेत्रमा आएका नयां उपकरणहरु समेत भित्र्याएको हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ । यस क्षेत्रमै पहिलो पटक स्वाथ्य क्षेत्रका अत्याधुनिक उपकरणहरु सहित बिशेषज्ञ चिकित्सकहरुले विरामीको सेवा प्रदान गर्न थालेका छन् ।
एक दर्जन भन्दा वढि विशेषज्ञ चिकित्सकहरु सहित करिब २ सय कर्मचारीहरु रहेको हस्पिटलले कम शुल्कमा गुणस्तरीय सेवा प्रदान गरेको जनाएको छ । आसियू, भेन्टिलेटर सहित सुविधा सम्पन्न भौतिक संरचनाका कारण बिरामीहरुको आर्कषण पनि वढेको छ । ५० वेडको स्वीकृत पाएको हस्पिटलले एक सय वेड स्वीकृतीका लागि सम्वन्धीत निकायमा आवेदन पेश गरिसकेको अस्पताललका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताए । उनले केहि दिनमा अस्पतालका सबै सेवा शुरु भएपछि विशेष कार्यक्रम गरिने बताए । बुटवलमा अत्याुधनिक सुविधा सम्पन्न आफ्नै भवन सहितको अस्पतालको अभावमा विरामीहरुले निकै कष्टपुर्ण सेवा लिन वाध्य भएका थिए । पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पुर्वाधार र दक्षजनशक्तिको सन्तुलन मिलेकोले बुटवल हस्पिटलले स्वाथ्य क्षेत्रमा महत्वपुर्ण स्थान बनाउने अपेक्षा लिएको पनि जनाएको छ ।