२०८१ श्रावण १२

लुम्बिनीमा संसदीय समितिले सक्रियता बढाए
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १३, आईतवार १२:५८ गते

बुटवल ।
लुम्बिनी प्रदेश सभाका विषयगत समितिहरुले दोश्रो प्रदेश सभाको झण्डै डेढ वर्षपछि सक्रियता बढाएका छन् । यहा समितिहरुले नेतृत्व पाएको झण्डै एक महिनापछि सक्रियता बढाएका हुन । यहा विषयगत समितिहरु ६ वटा रहेकोमा समितिहरुका बैठक बस्ने र सम्वन्धित मन्त्रालयका कामका गतिविधिमा निगरानी बढाउन थालेका छन् ।
यहा यही बैशाख ५ गते सबै समितिले सभापति प्राप्त गरेका थिए । यहा तीन वटा दलले भागबण्डामा समितिका सभापति चयन गरेका थिए । जसमा एमालेले तीन वटा, कांग्रेस र माओवादीले २–२ वटा समितिको नेतृत्व पाएका थिए । ७ जना सभापति निर्विरोध चयन भएका थिए ।
यहा भौतिक पूर्वाधार तथा विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ तथा विशेषाधिकार समितिमा गिरधारीलाल न्यौपाने सभापति रहेका छन् । यी तीन जना एमालेका हुन् । त्यस्तै सार्वजनिक लेखा समितिमा माया पुन , कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक सभापति रहेका छन् । यी दुवैजना कांग्रेसका हुन् ।
यहा प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यम वहादुर नेपाली सार्की सभापति रहेका छन् । यी दुवै जना माओवादी केन्द्रका हुन् ।
भौतिक पूर्वाधार तथा विकास समितिका सचिव समेत रहेका प्रदेश सभा सचिवालयका प्रवक्ता इश्वरी प्रसाद आचार्यले मंगलवार बुधजार दुइ दिन सम्म समितिको बैठक बसेको बताए । त्यस्तै सूचना अधिकारी सम्झना सुवेदीले पछिल्ला दिनमा सबै जसो समितिका बैठक बसेको बताइन ।
के भन्छन् भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरे ?

समितिको नेतृत्व समालेसगै समितिका कामलाई तीव्रता दिएका छौं । पछिल्ला दिनमा लगातार बैठक समेत बसिएको छ । समितिले खास गरेर प्रदेशका गौरवका आयोजना देखि अन्य विकास निर्माणका काम प्रभावकारी भए नभएकोमा निगरानी बढाएको छ । मंगलवार र बुधवार बसेका बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र शहरी विकास तथा खानेपानी मन्त्रालयका तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई वोलाएर छलफल गरिएको छ । कामको प्रगति विवरणका अतिरिक्त कार्यान्वयनका क्रममा उत्पन्न समस्याका बारेमा पनि छलफल भयो । समितिले आवश्यक निर्देशन पनि दिएको छ । काम प्रभावकारी रुपमा समयमै सक्ने गरी अगाडी बढाउन निर्देशन दिइएको छ ।