२०८३ बैशाख १८
काठमाण्डौं २८ जेठ ।
यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेशको पूर्वी भू–भागमा यस वर्षको मनसुन आज सोमबारबाट भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।
यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको छ। नेपालको अन्य भू–भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुनअगाडि बढ्ने देखिन्छ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ ।