२०८१ आश्विन ४

नेप्से दोहोरो अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ असार २०, बिहीबार ११:४६ गते

बुटवल २० असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बिहिवार दोहोरो अंकले बढेको छ । आज नेप्से १५.४६ अंकले बढेर दुई हजार एक सय १९.६९ अंकमा पुगेको छ।
आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता सेयर ८४ हजार एक सय २६ पटक खरिद–बिक्री भएको छ । आज रु. ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ।