२०८१ आश्विन ६

विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • लुम्बिनी खोज
  • २०८१ असार २२, शनिबार १३:२४ गते

काठमाण्डौं २२ असार ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेसका अनुसार शनिबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले योसहित चार निर्णय गरेको छ।
कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थाबारे जानकारी गराउँदै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिँदै छन्।
बैठकले कांग्रेस–एमालेबीचको सहमतिलाई समर्थन गर्दै सहमति कार्यान्वयनको दृढतासमेत व्यक्त गरेको छ।
बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यसहित भएको सहमति सकारात्मक भएको उल्लेख गरेको छ।