२०८१ कार्तिक २

१६ दिने निःशुल्क तालिम
  • लुम्बिनी खोज
  • २०८१ असार २५, मंगलवार १४:०३ गते

 

बुटवल,२५ असार ।
ईन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्य स्ट्रलिङ्ग ईन्टरनेशनल कलेज अफ हस्पिटालिटिको प्राविधिक सहयोग तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा दुई समुहमा आयोजना गरिएको १६ दिने निःशुल्क वारिष्टा तालिमको मंगलबार एक समारोहकाबीच समापन गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा होटल तथा रेष्टरेण्ट व्यवसायी संघका द्घितीय उपाध्यक्ष प्रेम भट्टराई,रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, शिप विकास ईकाईका संयोजक खिमानन्द रिजाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका सहकोषाध्यक्ष एवं तालिम संयोजक माधव ढकालले तालिममा सहभागी प्रशिक्षार्र्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।