२०८१ आश्विन ४

लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण
  • लुम्बिनी खोज
  • २०८१ असार ३०, आईतवार १४:०९ गते

बुटवल , ३० असार ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गरेका छन् ।
प्रमुख शेरचनले आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१।०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम बिनियोजन र खर्च गर्न बनेको बिधयेक प्रमाणीकरण गरेका हुन् ।
लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयको प्रबक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।