२०८१ भाद्र २३

लुम्बिनीमा मुख्यमन्त्रीका लागि एमालेका आचार्यको दावी पेश
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ७, सोमबार १०:४८ गते

बुटवल ७ साउन।
लुम्बिनी प्रदेशमा नया मुख्यमन्त्रीका लागि एमालेका चेतनारायण आचार्यलाई अगाडी सारिएको छ । दलका उपनेता रहेका आचार्य यस अघिका प्रदेश सरकारमा तीन पटक सरकारमा सहभागि भएका थिए । प्रदेश प्रमुख अमिक शेरचन समक्ष करिब पौने तीन बजे दावी पेश गरिएको छ । दावी पेश गर्न आचार्य अबको सत्ता सहयात्री दल कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्लि चौधरीसहितका प्रदेश सभा सदस्यहरु तथा एमाले तर्फका प्रदेश सभा सदस्यहरुलाई साथमा लिएर प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
कांग्रेस एमालेको नया गठबन्धनबाट एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने गरी आइतबार तयारी भएको थियो । सोही अनुसार दावी पेशका लागि हस्ताक्षर संकलन पनि भएको थियो । तर सोमवार एकाएक आचार्यको नाम अगाडी सारिएको हो । आज एक बजे दावी पेश गर्ने कार्यक्रम पनि झण्डै तीन घण्टा ढिला भएको छ ।