२०८२ कार्तिक २८

प्राईभेट ट्रेडिङ्ग मेकानिक्स मिट प्रोग्राम
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २८, शनिबार १६:३६ गते

बुटवल २८ फागुन ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन बुटवल र जगदम्वा मोटर्स प्रा.लि को सहकायर्मा एक दिने प्राईभेट ट्रेडिङ्ग मेकानिक्स मिट प्रोग्राम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन लुम्बिनी प्रदेस सचिब लक्ष्मण भण्डारी, नेपाल अटो मेकानिक्स ट्रेड युनियन लुम्बिनी प्रदेश कोषाध्यक्ष राम बेल्वासे, जगदम्वा मोटर्स प्रा.लि का चिरञ्जिवी चौधरी, धनिराम भुसाल, अटो मेकानिक्स ट्रेड युनियनका राधाकृष्ण देउला , गोबिन्द ज्ञवालि, कृष्ण प्रसाद भण्डारी, गोपाल नाथ कुवँर, कृष्ण न्यौपानेलगायतको विशेष उपस्थीतिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा लक्ष्मण भण्डारी, राम बेल्वासे, बिशाल जयशवालले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । कम्पनिले नयाँ मोेडलका गाडी बिक्रि गर्दा मेकानिक्सहरुलाई नयाँ नयाँ प्रबिधिको बारेमा तालिमको आवश्यकता भए बमोजिम कार्यक्रम गरिएको आयोजकले जनाएका छन । यस किसिमका कार्यक्रमबाट सबै वर्कशबबाट सेवा दिन सहज हुनेमा जोड दिइएको छ ।
जगदम्वा मोटर्स प्रा.लिले नेपाल अटो मेकानिक्स ट्रेड युनियन सँग सहकार्य गरी नेपालमा बिगतका दिनमा पनि यस किसिमका तालिम संञ्चालन गर्दे आएको छ । आगामि दिनहरुमा पनि सहकार्य गर्दै जानुपर्नेमा पनि जोड दिइएको छ ।

कार्यक्रमको संञ्चालन केन्द्रिय प्रशिक्षण बिभाकका सदस्य अर्जुन प्रसाद भण्डारीले गरेका थिए भने अध्यक्षता जगदम्वा मोटर्स प्रा.लि का संञ्चालक बिशाल जयसवालले गरेका थिए चिरञ्जिवी चौधरी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५० जना भन्दा पनि बढी मेकानिक्सहरुको सहभागिता रहेको जगदम्वा मोटर्स प्रा.लि का ब्यवस्थापक सुन्दर अर्यालले बताए ।