२०८१ आश्विन ४

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १६, बुधबार ०९:२७ गते

काठमाडौँ,१६साउन ।
नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटी बस्दै छ । बुधबार ११ बजेपछि बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ । सकभर आजै नभए भोली सम्ममा टुङ्गिन्छ’, खतिवडाको भनाइ छ । नेकपा एकीकृत समाजवादीका नेताहरूका अनुसार आकाङ्क्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन नेताहरूलाई सकस भएको छ ।
पार्टी नेता राजेन्द्र पाण्डेले विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत छलफल हुनेछ । असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले अहिलेसम्म पूर्णता दिन सकेको छैन ।