२०८१ भाद्र २४

ट्रक समितिसंग बुटवल हस्पिटल प्रा.लि.को सम्झौंता
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २५, शुक्रबार ११:५३ गते

बुटवल २५ साउन ।
आकस्मीक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसंग उपचार सहजता सम्झौता गरेको छ ।
आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लिले ट्रक व्यावसायी समितिसंगै सम्झौता गरेसंगै समितिमा आवद्ध यातायात व्यवासायीहरुले दुर्घटना या कुनै घटनामा हुने विरामीको उपचार गराउने भएका छन् । त्यसैरी उपचार गर्न जाने विरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले विभिन्न उपचारमा छुट सुविधा उपलब्धता गराउने भएको छ । सम्झौता पछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । संस्थागत सिफारिसमा आउने समितिमा आवद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गरेका छन् भने ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य सहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का उपाध्यक्ष खरेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि भारतिय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उद्देश्य रहेको बताए । उनले भने,–अहिले पनि धेरै बिरामीहरु भारतिय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ । उनले देशभरी नै संजाल रहेको समिति संगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै ट्रक समितिका बरिष्ठ उपाध्यक्ष कमल घिमिरेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने बताए ।
उनले भने –बुटवलमा पहिलो पटक अस्पताल बनेकोछ, अब यहांका बिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं या भारत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गर्नुपर्दछ । बुटवल हस्पिटलसंग ट्रक समितिको उपचार सम्झौता संगै सो समितिमा आवद्ध व्यवसायीहरुका लागि पनि सहज हुने समितिका सचिव बसन्त खड्काले बताए। सम्झौता भएसंगै अब पश्चिमाञ्चल यातायात व्यवसायी समितिका ढुवानीका साधनहरुसंग सम्वन्धी दुर्घटना हुदांका बिरामीहरुकासाथै, कर्मचारी मजदुर व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवलह स्पिटलमा विशेष छुट सहित हुने छ ।