२०८१ आश्विन १

भारतीय विदेशसचिव मिश्री काठमाडौंमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २७, आईतवार ०६:४६ गते

काठमाण्डौं २७ साउन ।
भारतका विदेशसचिव विक्रम मिश्री काठमाण्डौं आइपुगेका छन् । उनी दुईदिने औपचारिक नेपाल भ्रमणमा आज आइतबार काठमाण्डौंमा आइपुगेका हुन् ।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आइपुगेका उनलाई लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ ।
नेपालमा कांग्रेस र एमाले गठबन्धन सरकार गठनपछि भारतबाट नेपाल आएका उनी उच्च कूटनीतिक अधिकारी हुन् । भारतीय विदेशसचिव नियुक्त भएपछि उनको यो दोस्रो छिमेक भ्रमण हो । उनले ४ र ५ साउनमा भुटानको भ्रमण गरेका थिए । भारतका नवनियुक्त विदेशसचिव मिश्री सोमबार स्वदेश फर्किनेछन् ।