२०८१ आश्विन ४

सेयर बजार कारोबार रकममा नयाँ कीर्तिमान
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २७, आईतवार १३:५२ गते

बुटवल २७ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २८ सय अंकको मनोवैज्ञानिक विन्दु पार गरेको छ भने दैनिक कारोबार रकममा नयाँ कीर्तिमान बनेको छ ।
आज ९४.५३ अंकको वृद्धि हासिल गरी नेप्से २८६०.९१ मा पुगेको छ। यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँबराबरको कीर्तिमानी कारोबार भएको छ।
यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार हुँदा कारोबार रकममा नयाँ रेकर्ड बनेको थियो। सेयर बजार परिसूचक पनि ३० महिनायताकै उच्च विन्दुमा आइपुगेको छ।
आइतबार तीन सय ३० वटा धितोपत्रको ६ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ।