२०८१ आश्विन ४

भलाई कोषसँग बुटवल हस्पिटल प्रालिको उपचार सम्झौंता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ४, मंगलवार ०८:०१ गते

बुटवल । बुटवलमा रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषसंग आवद्ध रहेको सदस्यहरुको बिषेश छुट सहित बुटवल हस्पिटल प्रा.लि.मा उपचार हुने भएको छ । विगत २४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापीत बुटवल हस्पिटलले भलाई कोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवासयी तथा मजदुरहरुका लागि बिषेश छुट सहित उपचार गर्ने गरि आईतबार सम्झौता गरेको हो ।
भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसंगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने भएको छ । भलाई कोषमा अहिले करिव ४ हजार सवारी साधनहरुको आवद्धता रहेको छ । जसमा सरकारी तथा नीजि साधनहरु रहेका छन् । सम्झौतापछि भलाई कोषको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरुका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता भएको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेल, बिक्रम खड्का र सुमन तिमिल्सीनाले हस्ताक्षर गरेका छन् भने कोषका तर्फबाट अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल र कार्यालय प्रमुख थानेश्वर बस्यालले हस्ताक्षर गरेका छन् ।
दुई पक्षिय सम्झौतासंगै बिरामीहरुको उपचारका लागि सहजता मिल्ने बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष पौडेलले बताए । उनले छिटो छरितो र सर्वशुलभ ढंगले उपचार गर्नेगरि बुटवल हस्पिटलले प्रवन्ध गरेको बताए । उनले भने,– अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि राजधानी काठमाडौं देखि भारतिय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने हाम्रो उदेश्य रहेको छ । उनले अहिले पनि धेरै बिरामीहरु भारतिय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिन लाग्नु पर्दछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यस क्षेत्रमै नमुना अस्पताल बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई धेरै सहज हुने बताए । उनले भने, –बुटवलमा बल्ल अस्पताल जस्तो बनेको छ, अब यहांका बिरामीलाई महागो शुल्क तिरेर काठमाडौं या भरत पठाउन पर्दैन, सर्बशुलभ तथा छिटो छरितो उपचार पाउनका लागि बुटवल हस्पिटलबाट सहज हुनजे अपेक्षा गरेका छौं ।
बुटवल हस्पिटल प्रा.लि. आफ्नै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको छ । झण्डै तिन दर्जन विशेषज्ञ चिकित्सकहरु सहित २ सय भन्दा वढि कर्मचारीहरु यहा रहेका छन् । बुटवल हस्पिटलले अत्याधुनिक प्रविधिका उपकरणहरुको प्रयोग मार्फत सेवा दिईरहेको छ । सबै खालका विराहरुको उपचार सेवा दिइरहेको प्रालिले जनाएको छ ।