२०८२ कार्तिक २८
बुटबल, । भलवारी जेसीज वर्ष २०२२ को नवौं कार्यक्रमका रूपमा आयोजित ३ दिने भाषणकला तालिम भलवारीमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष किशोर पंगेनीको अध्यक्षता र महासचिव चन्द्रप्रसाद भट्टराई (जीवन) को सञ्चालनमा आयोजित समापन कार्यक्रमका सहभागीले प्रशिक्षण निकै नै प्रभावकारी भएको बताएका थिए । साथै, उनीहरूले व्यक्तित्व विकाश तथा नेतृत्व निर्माणमा क्रियाशील रहने जेसीजको मूल कर्म नै भएको भन्दै उनीहरूले यो कार्यक्रम अत्यन्तै प्रभावकारी र नतीजामुखी भएको उल्लेख गरेका थिए । शाखाका पूर्व अध्यक्ष भेषराज पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा प्रशिक्षक राजेश पाण्डे, पूर्व अध्यक्ष सुरज पंगेनी, कार्यक्रम संयोजक लोकनाथ खनाल (सन्तोष), उपाध्यक्ष मिनप्रसाद तिवारी, तालिमका सहभागी एवम् नेपाली काँग्रेसका जिल्ला सदस्य एल.जी. शाह, विनिता भुषाल लगायतले बोलेका थिए । तालिममा ३३ जनाको सहभागिता रहेको थियो ।