२०८२ असार ९
बुटवल,२ चैत ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्नका लागि प्रदेश सरकारले अभियान निरन्तर रुपमा अगाडि बढेको बताएका छन । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश भन्ने मूल नाराका साथ प्रदेश समन्व परिषद्को पाचौं बैठक कपिलबस्तुमा भएको कार्यक्रमा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्नका लागि शिक्षा, स्वास्थ्य, विकास निर्माण, , भौतिक पूर्वाधार, खानेपानी, विद्युत, यातायातको सेवा, सञ्चार लगायतको क्षेत्रमा स्थानीयतहसँग समन्वय गरी अगाडि बढेको बताए । उनले जनताको आवश्यकता र अपेक्षा धेरै भएकोले गर्दा जनताको सोचे अनुसार पुरा गर्न नसकेपनि त्यसलाई पूर्णता दिनका लागि निरन्तर रुपमा लागेको बताए । उनले लुम्बिनी प्रदेश सरकारले जनताको प्राथमिकताको चरण निर्धारण गरी अगाडि बढेको समेत बताए । प्रदेश समन्वय परिषद् नीति निर्माणतह भएकोले गर्दा जनप्रतिनिधी कार्य क्षमताको विकासका लागि र कर्मचारीहरुको इच्छा शक्तिमा परिवर्तन गरेर जनमुखी विकास कार्य गर्नुपर्ने बताउँदै त्यसका लागि अगाडि स्थानीयतह र प्रदेश सरकारको समन्वयका लागि अगाडि बढाउनु पर्ने बताए।
बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकालेजनमुखि बजेट निर्माण गरेकोले त्यसलाई कार्यन्वयका लागि सम्पूर्ण जिल्लाका समन्वय परिषद्का सदस्यहरुले अनुगमन गरि दिनका लागि अनुरोध गरे । बजेटलाई पारर्दशीता रुपमा अनुगमन गरी दिनका लागि समेत अनुरोध गरे । यस्तै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम जनतालाई सूचनाको हक र शान्ति सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै प्रदेशबासीको जीवन सुरक्षा र विकासमा अझै निरन्तर रुपमा लाग्नका बताए । बैठकमा प्रदेशका निमित्त सचिव राजेन्द्र थापाले प्रदेश सरकारलाई सफल बनाउनको लागि कर्मचारी संयन्त्र लागेको बताउँदै त्यसका लागि कर्मचारीहरुको क्षमता विकास, दक्षता प्रदानका लागि निरन्तर रुपमा लागेर अगाडि बढाउनु पर्ने बताए ।मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नरेन्द्र रानाले लुम्बिनी प्रदेशको राजधानी पूर्वाधार निर्माणका लागि पहिलो, सरकारकबाट गरिएका काम कार्यबारेमा सचिव नरेन्द्र रानाले प्रस्तुतिकरण गरेका थिए ।
बैठकमा समन्वय परिषद्का सदस्यहरुले आफ्ना क्षेत्रमा भएका गरेका सम्पूर्ण कार्य प्रगति, अनुभूती लगायतको कार्यको समीक्षा लगायतको विषयमा रिपोर्टिङ गरेका थिए । बैठकमा भएका छलफललाई निर्णय गर्ने गरी यसलाई प्रदेश सरकारको नीति बनाएर अगाडि बढ्ने मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उप सचिव कमानसिंह थापाले बताए ।