२०८१ आश्विन १

शेयर बजार ६.९४ अंक बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १८, मंगलवार १०:३४ गते

बुटवल १८ भदौ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज मंगलवार नेप्से परिसूचक छ दशमलव ९४ अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव २० को विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो ।
परिसूचक बढ्दा कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भएको छ । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।