२०८१ आश्विन १

जनसम्पर्क सल्लाहकारमा राउत
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १९, बुधबार ०९:५४ गते

दाङ १९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकारमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ का डा. रामबहादुर राउतलाई नियुक्त गरेका छन् ।
सकारात्मक सोंच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्र बाट योजना तर्जुमामा पिएचडी गरेका छन् । उनले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् । अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।