२०८१ आश्विन ३

अर्घाखाँचीमा डबल क्याप (जिप) दुर्घटना, एकको मृत्यु,९ घाइते (घाइतेहरुको विवरण सहित)
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २६, बुधबार ०८:२१ गते

बुटवल २६ भदौ ।
अर्घाखाचीको शितगंगा नगरपालिका १२ हिलेखोलामा आज जीप दुर्घटना भएको छ । छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप (जिप) दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा छत्रदेव ५ टुनिचौरका ६५ बर्षका रामप्रसाद पन्थी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको छ ।
डवल क्याप आफै अनियन्त्रित भई सडक देखि अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालक चुराबहादुर खत्री घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवल पठाइएको छ ।
दुर्घटनाको खबर पाए लगत्तै यप्रका ठाडा अर्घाखाँचीबाट प्रहरी निरिक्षक रविन्द्र चन्दको कमाण्डमा १० जनाको टोलि खटिएको थियो ।
घाइतेहरुको विवरण
१ )अर्घाखाँची छत्रदेव गाउपालिका ५ बस्ने बर्ष ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट,अवस्था मध्यम(चालक) सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर भएको ।
२) सोही ठाउ बस्ने बर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट,अवस्था मध्यम, सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर भएको ।
३) छत्रदेव ७ बस्ने बर्ष २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४) सोही स्थान बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको ।
५ छत्रदेव ८ बस्ने बर्ष ४२ की गीता आचार्यको ढाडमा चोट,अवस्था मध्यम ।
६ ुोही ठाउ बस्ने बर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम ,सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर भएको ।
७ ) छत्रदेव ६ बस्ने बर्ष ४४ की कमला अधीकारीको हातमा चोट,अवस्था मध्यम ।
८ ) छत्रदेव ५ बस्ने बर्ष ७ की अनुष्का पंथीको टाउकोमा चोट,अवस्था मध्यम ।
९) ठेगाना नखुलेको बर्ष २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम ।