२०८१ आश्विन ३

मौसम पूर्वानुमान महाशाखाले जारी गर्‍यो विशेष बुलेटिन, भीषण वर्षा हुने,८ जिल्लामा रेडअलर्ट
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २६, बुधबार १०:५४ गते

बुटवल २६ भदौ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष वुलेटिन जारी गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको विशेष वुलेटिनमा बिहीबारदेखि शनिबारसम्म लुम्बिनी सहित पश्चिम नेपाल केन्द्रित भीषण वर्षाको सम्भावना रहेको उल्लेख छ।
महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना छ। महाशाखाले लुम्बिनी प्रदेशको वर्दिया, कर्णलीको सुर्खेतसहित सुदूरपश्चिमका ६ जिल्लालाई उच्च जोखिममा राख्दै रेड अलर्टसमेत जारी गरेको छ।